
राप्ती नगरपालिका ०६ अन्तर्गत पम्फा खोला नजिकै अवस्थित मंगोलियन कटेजबाट इलाका प्रहरी कार्यालय भण्डाराले १० जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा खटिएको टोलीले उक्त कटेजबाट १० जनालाई नियन्त्रणमा लिएको हो।
कटेजमा दिउँसै मदिरा सेवन गर्ने, हो-हल्ला गर्ने तथा अनैतिक क्रियाकलाप हुने सुचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
१० जना मध्ये अनुसन्धानको सिलसिलामा ६ जनालाई थप अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय खैरहनी पठाइएको प्रहरीले जनाएको छ।