असोज २६ । भरतपुर
मिष्टर एण्ड मिस चितवन एसइइ सिजन फोरको उपाधि भरतपुर क्षेत्रपुरका सौराशिष घोष र सोनिया तामाङ्गले जितेका छन ।

सौरासिश अहिले लिटिल फ्रलावर स्कुलमा कक्षा ११ र सोनिया अकुंरम एकाडेमीमा कक्षा ११ मा अध्ययनरत रहेका छन । मञ्जरी नेपालले आयोजना गरेको प्रतियोगितामा मकवानपुरका निमा लामा मिष्टर टिन एसइइ र रत्ननगरकी आयुषा गुरुङ्गले जितेका छन ।

निमा र आयुषा एसइइको नतिजा पछि टेक्निकल बिषयमा अध्ययनरत रहेका छन । प्रतियोगितामा सुशान्त एल तामाङ्ग चितवन एसइइ अफ द इयर र अभिशेक थापा टिन एसइइ अफ द इयर बन्न सफल भएका छन । रत्ननगरका सुशान्त र अभिशेक व्यवस्थापन संकाय बिषयमा अध्ययनरत रहेका छन ।

प्रतियोगितामा नवलपुरका विनेश भट्टराइले मिष्टर एसइइ चितवनको उपाधि जितेका छन । उनि पनि व्यवस्थापन संकायको बिद्यार्थी हुन । विगत ३ महिना यता प्रशिक्षणमा रहेका सहभागिहरुले विभिन्न चरणमा प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा मिष्टर टिन कन्टिेण्टल विमल सुवेदी , फेस अफ चितवन सोनाल लामा र महिला अधिकारकर्मि कल्पना पौडेल निर्णायकको भुमिकामा रहेका थिए ।

मिष्टर लुम्विनी युकेशमान ज्ञवाली कोरियोग्राफर रहनु भएको प्रतियोगितामा ओमश्री रामदामले व्यवस्थापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार