भरतपुर । असोज २६
मिस एसइइ चितवन सञ्जना खड्काले म्यानमारमा सम्पन्न हुने मिस टिन प्यासिपिक वल्र्डमा सहभागिता जनाउने भएकी छिन ।

उनले आउदो २०२१ म सम्पन्न हुने मिस टिन प्यासिपिक वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न लागेकी आयोजक संस्था मञ्जरी नेपालले जानकारी दिएको छ । कोभिड १९ को कारण औपचारिक रुपमा सम्पन्न भएको प्रतियोगितामा सञ्जनाले १५ जना प्रतियोगिलाइ पछि पादै मिस टिन प्यासिपिक वल्र्ड २०२० को उपाधि जित्न सफल भएकी हुन । उनले तिमीलाइ सवैभन्दा बढी कसको माया लाग्छ र किन भन्ने प्रश्नमा मलाइ मेरी आमाको माया सवैभन्दा बढी माया लाग्छ र उनले यो ससारमा मलाइ जन्म मात्र दिइनन उनले मलाइ अघि बढ्न समेत हौसला दिइन भन्ने जवाफ दिएकी थिइन ।

उनले अब आउदो २०२१ म ६० भन्दा बढी राष्ट्रको प्रतियोगिले सहभागिता जनाउने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएकी हुन । सञ्जनालाइ आफुले आफ्नो देशको प्रतिनिधित्व अन्तराष्ट्रिय मञ्चमा गर्न पाउदा खुशि लागेको बताइन । उनले आफ्नो देश र आफु सहभागि हुन पाएको खुशि व्यक्त गरनि । सञ्जना अहिले भरतपुरको वाल्मिकि शिक्षा सदनमा कक्षा ११ मा अध्ययनरत रहेकी छिन । उनले विज्ञान संकाय लिएकी छिन । उनलाइ भविश्यमा पाइलट बन्न मन रहेको छ । सञ्जनाले आफ्नो कक्षा १० सम्मको अध्ययन दुबइमा गरेकी हुन । उनले चितवन एसइइ २०२० को लागीनै नेपाल आएकी हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार