चितवनको राप्ती नगरपालिका-५ मा शिखरबस्ती युवा क्लबद्वारा आयोजित विश्वास स्मृति कप नाइन साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि लामा स्पोर्ट्सले जितेको छ । शनिबार शिखर राष्ट्रिय आधारभूत विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा रियल गोर्खेलाई हराउँदै स्पोर्ट्स उपाधि जित्न सफल भएको हो ।

निर्धारित समय सकिदाँ पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो । शुटआउटमा १-० अंकले स्पोर्ट्स विजयी बन्यो ।

प्रतियोगितामा प्रथम भएको लामा स्पोर्ट्सले ५० हजार रकम सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्यो । त्यस्तै द्वितीय भएको रियल गोर्खेले ३० हजार रकम सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्यो । खेलको म्यान अफ द म्याच सुसन गुरुङ घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलकर्ता असिम गुरुङ र उत्कृष्ट गोलरक्षक सरोज घलान घोषित भए । दुबैजनाले ५/५ हजार प्राप्त गरे ।

खेल विकास गरि युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले माघ २५ देखि प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर