फागुन १९, रत्ननगर । चितवनको रत्ननगरमा जारी रत्ननगर महोत्सव अन्तर्गत खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । फागुन २० गतेबाट रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा  महोत्सव परिसरमा प्रतियोगिता हुने भएको हो । रत्ननगर उद्योग वाणिज्य संघ महोत्सवको आयोजक संस्था पनि हो । संघकै आयोजनामा टाँडीमै चिकेन एण्ड एग फेस्टिवल पनि हुँदैछ ।

खेलकुदको विकास गर्ने मुख्य उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए ।

प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्गत हुने खेलमा राष्ट्रिय स्तरका चर्चित खेलाडीहरु समेत सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ सय, दोस्रो हुने टिमले ५५ हजार, तेस्रो हुने टिमलाई २० हजार र सान्त्वना हुने टिमलाई १० हजार पुरस्कार प्रदान गरिने खेलकुद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर