बिबस पाठकको लेखन तथा निर्देशनमा दशैँ लक्षित गरेर ‘दुखीको दशैँ’ नामक शर्ट मुभि सार्वजनिक हुने भएको छ।

राप्ती नगरपालिकाको अधिकांश ठाउँहरुमा छायांकन गरिएको उक्त शर्ट मुभिमा मदन पाठक, अस्मिता क्षेत्री, सरोज, अन्जली लगायत कलाकारहरुको मुख्य भुमिका रहनेछ।

समय र परिस्थिति जस्तो भएपनि मानिसले दशैँ आ-आफ्नो ठाउँमा रमाइलो गरेर मनाउँ भन्ने विषयबस्तुलाई मुख्य उठान गरिएको लेखक तथा निर्देशक बिबस पाठकले बताए।

उक्त शर्ट मुभिको क्यामेरामा रेहन मिया र मनोज चौधरीले साथ दिएका छन्।

छोटो चलचित्रमा छुट्टै स्थान बनाएका बिबस पाठकको यो ४१ अौँ शर्ट मुभि हो। यो शर्ट मुभि Social News Nepal युटुब च्यानलमा फुलपातीका दिन सार्वजनिक हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर