सुरोज बराकोटी-                                                       फागुन २३, राप्ती । चितवनको राप्ती नगरपालिकामा दुइदिने सचेतना कार्यक्रम सुरु भएको छ । राप्ती नगरपालिका र सजिलोपाटी मिडिया हाउसको संयुक्त आयोजनामा सोमबार कार्यक्रमको सुरु गरिएको हो । यो एक मुख्यगरि युवा लक्षित कार्यक्रम हो ।

लागुपदार्थ दुर्व्यसनी, सामाजिक विकृति, लैङ्गिक भेदभाव लगायतको विषयमा सचेत गराउने हिसाबले कार्यक्रमको आयोजना गरिएको सजिलोपाटीका प्रबन्ध निर्देशक सुरोज बराकोटीले बताए । “युवाहरु विभिन्न सामाजिक विकृतिमा संलग्न हुँदा समाज र देशलाई धेरै घाटा भैरहेको छ । यस्तो गतिविधिको नियन्त्रण गर्न कार्यक्रमको आयोजना गरिएको हो ।” कार्यक्रममा बोल्दै उनले बताए ।

कार्यक्रमको प्रमुख अतिथिमा राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा रहेका थिए । कार्यक्रममा बोल्दै उनले मिडिया समाजको दर्पण भएको र यस्ता कार्यले जनमानसमा राम्रो सन्देश जाने बताए । सहभागीहरुले सिकेका कुराहरुलाई अरु माझ लैजान पनि उनले अनुरोध गरे । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा राप्ती-५ कि वडाध्यक्ष मेनुका पाठक र राप्ती-६ का वडाध्यक्ष जल्लु महतो रहेका थिए । मानिसको आफ्नो जीवनस्तर उकास्न सचेतना कार्यक्रमको महत्त्वपूर्ण भुमिका हुने महतोले बताए ।

आजको कार्यक्रममा प्रशिक्षक शारदा देवी शर्माले सुशासन र सुरोज बराकोटीले नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिएका थिए ।

त्यस्तै अतिथिहरुमा कार्यपालिका सदस्यहरु पुस्पा कुवँर र दिल कुमारी थिङ, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार कँडेल, सचिव श्याम पाठक, जनमुखी सहकारीका अध्यक्ष पूर्ण थापा, राप्ती नगरपालिकाकी प्रशासनिक अधिकृतशारदा देवी शर्मा, प्रहरी निरीक्षक राजीव गिरी, गोकुल सिलवाल, रमा पराजुली, राप्ती जेसिजका महासचिव अभियान पाठक, लेखमणी बराकोटी रहेका थिए । कार्यक्रममा स्थानिय लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सजिलोपाटी मिडिया हाउसका प्रबन्ध निर्देशक सुरोज बराकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विशाल घिसिङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार