फागुन २८ गते ।   चितवन खैरहनीको सिमलटाँडीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् ।  शनिबार भएको सेमिफाइनलका खेल जित्दै यी दुई टिम उपाधी भिडन्तका लागि फाइनल पुगेका हुन । पहिलो सेमिफाइनल खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबले बिभागिय टिम त्रिभुवन आर्मिलाई २५-२२,२५-२२ र २५-१६ को सोझो सेटमा पराजित गर्दै उपाधी नजिक पुगेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले शशस्त्र प्रहरी बल एपीएफलाई २५-२३,२५-१६ र २५-२२ को सोझो सेटमै पराजित गरेर अन्तिम दुइमा स्थान बनाएको आयोजक कर्पाकेली पुन युवा क्लबका अध्यक्ष चक्र पुनले बताए ।  

आइतबार फाइनल र तृतीय स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।  तृतीय स्थानका लागि त्रिभुवन आर्मी र एपीएफ भिड्नेछन् ।  प्रतियोगिताको प्रथम हुने टिमले नगद २ लाख,ट्रफी,दितिय हुने टिमले नगद १ लाख,ट्रफी ,तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर