सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा आएको छ । मिसेज नेपाल आइकन –२०१८ को फस्ट रनर अप समेत रहेकी सरु अर्याल अधिवक्ता समेत हुन् । फुटकर कविता, कथा लेख्दै आएकी उनले पुस्तकाकार रुपमा भने उपन्यास ल्याएकी हुन् ।

‘उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ पुगेकी युवतीको प्रेम, संघर्ष र सपनाको कोलाज हो, विस्मरण ।’ उपन्यासका सम्पादक सूर्य बिसीले बताए ।
‘विस्मरण, बेरोजगार युवाको कथा हो । उसले सम्मानपूर्वक बाँच्न गरेको संघर्ष पनि हो ।’ सम्पादक बिसीले थपे ।

बिएन पुस्तक संसारबाट प्रकाशित विस्मरणमा युवाको कथा मात्र नभइ सुन्दर लेखन शैलीका कारण पनि पाठकको मन जित्ने विश्वास प्रकाशकले गरेको देखिन्छ । २३२ पृष्ठको उक्त पुस्तकको बजार मूल्य रु ३५० रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर