वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द हुने भएको छ । नगरपालिकासँगै त्यहाँका वडा कार्यालय पनि बन्द रहने छन् ।

खैरहनी १२ का वडा सदस्य बद्रिबहादुर पाण्डेको कार्तिक १ गते उपचारका क्रममा भरतपुरमा निधन भएको थियो ।

शनिबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले एक दिनका लागि नगरपालिका र वडा कार्यालयको सम्पूर्ण काम बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत पुरुषोत्तम शर्माले बताए।

यस्तै उक्त बैठकले सम्बन्धित वडा कार्यालयमा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर