राप्ती नगरपालिका ०३ अन्तर्गत गिरिजा चोकमा अवस्थिति गरिजाबाबु पार्कलाई गरिजाबाबु फाउन्डेसनद्वारा सिमेन्टका कुर्सीहरु सहयोगप्राप्त भएको छ।

निर्माणाधीन अवस्थामा रहेको उक्त पार्क शान्ति वन मध्यवर्ती उपभोक्ता समूहको राप्ती ड्याकमा पर्दछ।

बि.स. २०५० सालमा बाढी आएपछि ड्याक निर्माणका लागि स्व. गिरिजाप्रसाद कोइराला त्यहाँ आउनु भएकोले पार्क सहित त्यहाँको ठाउँको नाम पनि उहाँकै नाममा रहेको शान्ति वन मध्यवर्ती उपभोक्ता समुहका अध्यक्ष ज्ञान बहादुर राई बताउछन्। “स्थानिय देखि नगरपालिकाबाट पनि विभिन्न शिर्षकमा सहयोग भएको छ र अझै आउने क्रम जारी छ। यहाँ यत्तिको पार्क बन्नु खुशीको कुरा हो।” उनीले थपे।

त्यस्तै गरि स्व. कोइरालाको स्मृतिमा पार्क बनाउँदा उहाँ राम्रो कार्यको स्मरण हुने र यसरी खाली रहेको ठाउँमा पार्क बन्दा यसले पर्यटन बिकासमा पनि सहयोग पुग्ने जि.बि. फाउन्डेसन चितवन अध्यक्ष कमल आचार्य बताउँछन्।

पहिलो चरणको सहयोग अन्तर्गत कुर्सी हस्तान्तरण कार्यक्रममा शान्ति वन मध्यवर्ती उपभोक्ता समुहका अध्यक्ष ज्ञान ब. राई, जि.बि. फाउन्डेसन चितवन अध्यक्ष कमल आचार्य, ने.का. क्षेत्रीय सभापति राजु प्रसाद सिलवाल, ने.का.महासमिति सदस्य राजेन्द्रप्रसाद बुर्लाकोटी, ने.का.महासमिति भिम प्र. थपलिया, ने.का. महासमिति शुशिला उप्रेती, ने.का. महाधिवेशन प्रतिनिधि लोकराज पाण्डे, ने.का. जिल्ला समिति राम बहादुर लामिछाने, ने.का. नगर सभापति नारायण उप्रेती, जि.बि फाउन्डेसन क्षेत्रीय सभापति गोबिन्द गौतम, पूर्व महासमिति सदस्य भोजराज पाण्डे, ने.का. वडा ०१ सभापति बुद्धिराज सेढाई, ओक डल्लाकोटी, जित बहादुर तामाङ, रङ्गानाथ सिलवाल, रामचन्द्र डल्लाकोटी, निबु प्रजा, पदम उप्रेती, महेश राई, नर बहादुर राई, एक बहादुर रिजाल, नीर बहादुर राई लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर