राप्ती । बागमती प्रदेश स्तरीय प्रतियोगितामा राप्तीका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । बुधबार भएको खेलमा नगर खेलकुद समिति राप्ती नगरपालिकाबाट प्रतिनिधित्व गर्दै ३ जना खेलाडीले राम्रो प्रदर्शन गरेका हुन् ।

प्रतियोगिताको डिस्कस थ्रो खेलमा नगर खेलकुद समितिका सदस्य जन्नु चौधरी प्रथम भए । त्रिपल जम्पमा राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारकी आशिका गुरुङ द्वितीय भइन् । त्यस्तै ४००मि.रिलेमा बीरेन्द्र आदर्श माध्यमिक विद्यालय बीरेन्द्रनगरकी अनिशा सापकोटा तृतीय भएकी हुन् ।

प्रतियोगितामा खेलाडीहरुको प्रदर्शन उत्कृष्ट भएको नगर खेलकुद समितिका अध्यक्ष सोम पुनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर