
विगत एक महिना देखि सामाजिक सन्जाल लाई केलाउदा,सम्पूर्ण लाेककाे सृष्टि कर्ता मानिने छाेरि/महिला / जारी भन्ने शब्द अबकाे केही समय पछि किताब का पानाहरुमा मात्रै सिमित रहन्छ भन्ने जस्तो लाग्याे।
जसरि दिनदिनै नारीमाथि हत्या, हिंसा,बलात्कार ,शाेषण जस्ता अपराधिक घटनाहरुले स्थान पाउदै गए त्यसरि नै नेपाली समाज दिनप्रतिदिन पतन हुँदै गइरहेकाे छ ।विगतका दिनहरु लाई लिएर कुरा गर्दा सभ्य समाजकाे निर्माणमा जसरी नारी वर्गले अहम् भुमिका खेल्न सक्थे तर अाज हामीसँग त्याे सभ्यतायुक्त समाज छैन। बिडम्बना याे छ कि, त्याे असल समाज अब भएपनि अाैलामा गन्नमात्र सिमित छ।
एउटा समाज असल बन्दै गर्दा देश नै प्रगतिपथकाे ढाेका घचघच्याउन जान्छ भन्ने कुरालाइ बिर्सिएर समाजमा भएका बेतिथिहरुलाई लिएर कुरा गर्दा मनमा कताकति ‘के छाेरी भएर जन्मिनु अभिषाप नै हाे त?’ भन्ने प्रश्न खड्किन्छ।धार्मिक शास्त्र अनुसार छाेरी भनेका घरका लक्ष्मी हुन्,जुन घरमा छाेरि छैनन् त्याे घर सधैँ अध्याराे हुन्छ भन्ने भनाइ छ र भगवान लक्ष्मी,सरस्वती, पार्वती पनि छाेरीकै रुप हुन्। नेपालकाे सन्दर्भमा हरेक तह र तप्कामा ३३% महिला सहभागिता जनाउनु पर्ने कानुनी प्रावधान रहेकाे छ भन्ने कुरा र महिला अधिकार हनन् गर्नु हुदैन भन्ने कुरा पनि ठुलाठालुले समाराेहमा भाषण गरेकाे सुन्दा मलाई एउटा प्रश्न गर्न मन लाग्छ कि ‘ए महाेदय! अरु कुरा छाेड्नु। पहिला स्वतन्त्रता पुर्वक बाच्ने अधिकार सुनिश्चित गर्न सक्नुहुन्छ?’ नजिकै बजार गएकी छाेरी घर अाउछिन् वा अाउँदिनन् बुवाअामा बाटाे हेरेर बस्ने दिन अाइसक्यो। जसले अाफ्नाे घरमा भएका दिदिबहिनी लाई जस्तै अरुकाे छाेरीचेलीलाई पनि व्यवहार गर्न सक्तैन, त्यस्ता नरपिचासहरु लाई मेराे खबरदारी याे छ कि, ‘तिनै महिला बिना तिम्रो संसार चलाउन सक्छाै? महिला ले जति प्रगति गर्ने हिम्मत छ?’ छाेरीहरुलाई कमजोर नसोच तिमीहरु, अाज तिनै महिला खुल्ला अाकाशमा ६० जनाकाे ज्यानकाे बाजी थापेर जेडप्लेन उडाउछिन्।
“lady of the lamp”भनी विश्व चर्चित फ्लाेरेन्स नाइटिङ्गेल जसकाे उपचारले तिमीहरू बल्ल निकाे हुन्छाै। पासाङ ल्हामु शेर्पा जसले सम्पूर्ण नेपाली चेलिकाे नाम सगरमाथामा पुर्याइन्।
‘ठूलाे कुरा किन गर्नु तिम्रो भान्सामा २/४ दिन अाफै खाना पकाएर खान सक्छाै?’ अनि अर्काे कुरा अरुकाे छाेरिचेलि देख्दा जिब्रो पड्काउने हरु भाेलि तिम्रो बहिनी लाईअरुले गिद्दे नजर राख्दा तिमी हास्न सक्छौं?
सबै कुरा महिलाले मात्र सम्भव छ भन्न खाेजेकाे पनि हैन मैले तर महिला नै राष्ट्रपति भएकाे देशमा महिला नै दिनदिनै बलात्कार काे पीडा खेपिरहँदा राष्ट्रपतिकाे मनमा दया किन अाएन? जनताकाे राष्ट्रपति भएपछि जनता लाई नै शान्ति सुरक्षा दिन नसक्दा अाफुलाइ राष्ट्रपति भनिरहन नैतिकता ले दिन्छ र? अनि हाम्रो देशकाे सम्मानित प्रधानमन्त्री केपि शर्मा वलीलाई जन्माउने पनि तिनै छाेरीबाट भएकी अामा, उनकाे स्याहारसुसार गर्ने पनि तिनै महिला र एउटा मात्र हैन दुइटै मृगौला पनि छाेरि मान्छे कै हाल्नु पर्ने तर तिनै छाेरी मान्छे माथि बलात्कार भैरहदा ताेलाकाे जिब्राे फट्कारेर बस्न सुहाउँदो छ? जनता ले चुनेकाे जननायक भएपछि त जनता लाई सुरक्षा दिनुपर्दैन? कम्युनिस्ट शासन भएकाे देशमा अब त हिडडुल गर्न पनि बुर्का लाउनु पर्ने भयाे नत्र त एसिड काे सिकार भइएला भन्ने डरले मुटु काप्छ तर अब जहाँजहाँ छाेरी मान्छे माथि दमन हुन्छ त्यहाँ सबै छाेरीहरु त्याे दुर्ववहार सहेर बस्ने खालका हुदैँनन्।अाउनुहाेस् दिदिबहिनीहरु तपाई र मबाट सुरुवात गराैँ। बलात्कार ,हत्या,हिंसा,शाेषण र बिसङ्गति विरुद्ध सराेकारवाला सबैलाई ध्यानाकर्षण गराउन अनि पुर्याइदिउँ ठाउँमा त्यस्ता नरपिचास हरुलाइ कहिल्यै नफर्किने गरि जसले छाेरी लाई खेलाैना सम्झिन्छ।अनि बल्ल हुन्छ सभ्य र विकसित समाजकाे निर्माण ,चारैतिर स्वतन्त्र भएर घन्कियाेस् याे अावाज।