सुरोज बराकोटी-                                                       राप्ती । चितवन राप्ती नगरपालिकाको भण्डारा स्वास्थ्यचौकीलाई विस्तार गरी १० बेडको अस्पताल बनाउने कार्य तीव्र गतिमा अगाडि बढेको छ । २ बर्षमा निर्माण कार्य सकाउने गरि गरिएको अस्पतालको निर्माण कार्य लगभग १ बर्ष पछि मात्रै सुरु गरिएको थियो । अहिले निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

निर्माणाधीन अस्पतालको अहिले डिपिसी र पिल्लर उठाउने कार्य भइरहेको छ । मेयर प्रभा बरालका अनुसार १० करोड ४२ लाख ४३ हजारको ठेक्कामा अस्पताल निर्माण भइरहेको हो । विशेषगरी पूर्वी क्षेत्रमा सिमान्तकृत महिलाहरु उपचार गर्न हस्पिटल जान गाह्रो मान्ने भएकोले महिला विशेषज्ञले यहीँ उपचार गर्ने उदेश्यले हस्पिटल निर्माण गरिएको उनले बताएकी छन् ।

२ बर्षमा हस्पिटल बनाइसक्ने लक्ष्य लिइएको छ । स्वास्थ्य मन्त्रालय र राप्ती नगरपालिकाबाट बजेट छुट्टयाएर निमार्ण कार्यलाई अगाडि बढाइएको नगर प्रमुख बरालले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार