
चितवनको राप्ती-५ स्थित डायमण्ड फिटनेस सेन्टरमा ७ दिने निशुल्क जुम्बा सञ्चालनमा आएको छ । यही चैत्र १४ गते देखि निशुल्क जुम्बा योगा तथा फिटनेस क्लास सञ्चालनमा आएको हो ।
डान्सले मनोरञ्जनलाई मात्र नभई सांगीतिक व्यायाममा पनि सघाउ पुग्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक समीप तामाङले बताए । जुम्बा बिहान ६ बजे देखि ८ बजेसम्म हुने पनि उनले जानकारी दिएका छन् ।
कार्यक्रमको बारे वितृस्त जानकारीको लागि कार्यक्रम संयोजक लामाको मोबाइल नम्बर 9806886044 मा सम्पर्क गर्न सकिनेछ ।