साहित्य सारथि समाज, कृषि तथा वन विज्ञान विश्वविद्यालयले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजना गरेको “खुल्ला कविता प्रतियोगिता” को प्रतिस्पर्धा मा उत्कृष्ट १० जना कविको नाम सार्वजनिक गरेको छ र साथै यहाँहरुको धैर्यता का लागि साहित्य सारथि समाज, कृषि तथा वन विज्ञान विश्वविद्यालय परिवार आभार प्रकट गर्न चाहन्छ।

उत्कृष्ट दशमा पर्न सफल हुनु भएका सम्पूर्ण कविहरुलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना साथै “कविता लेखन प्रतियोगिता”मा सहभागी हुनु भएका अन्य सम्पूर्णमा उज्ज्वल साहित्यिक भविष्यको कामना, साहित्य सारथि समाजले गरेको छ।साथै उत्कृष्ट १० मा पर्नु हुने कविको नाम र कविता शीर्षक यस प्रकार रहेको जनाएको छ।
सुजन तिमल्सिना “अपरिचीत”
गौरव न्यौपाने “विधीको शासन”
किरण चौलागाईं”एउटा घरको कथा”
विनायक पन्त “देश रोहिरहेछ”
शैलेन्द्र राना मगर “मेरा बा रुँदा को रुने”,
सिर्जना पैडेल “मैले अर्जेको शिक्षाले गिज्यायो”
कपिल बोगटी “माटोको सिरानी”
ज्ञानेन्द्र दहाल “स्वास्थ स्वयंसेविका”
अस्मिता कार्की”जीवन जस्तै”,
राज कुमार मिजार “अल्छी भएछौं”
उत्कृष्ट दशमा पर्न सफल हुनुभएका कविहरु, यहीँ कार्तिक ०५ गते, साँझ ४ बजे Zoom app मार्फत संचालन गरिने कार्यक्रम सञ्चालनले जानकारी गराएका छन् र उत्कृष्ट १० भित्रका कविता, कवि स्वयंले वाचन गर्नु पर्ने र सोही दिन सर्वोत्कृष्ट तीनको घोषणा गरि पुरस्कृत गरिने पनि आयोजकले बताएको छ ।

यस कविता वाचनमा दुईजना निर्णायकहरू सन्तोष धेबे र सागर सुवेदी रहनु हुने छन भने प्रमुख अतिथिको रूपमा सुरेन्द्र अस्तफल रहनु हुने समेत आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर