
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महिला एवं सामाजिक सशक्तिकरणको क्षेत्रमा महानगरपालिकाले योजनाबद्ध ढंगले गतिविधीहरू अगाडि बढाइरहेको बताएकी छिन् ।
भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा बुधवार सरस्वती महिला उद्दमशील महिला तालिम केन्द्र भवनको उद्घाटन गर्दै उनले सो बताएकी हुन् ।
भरतपुर महानगरपालिकाको २५ लाख रूपयाँ र समूहको सहभागितामा थप ७ लाख रकम गरी ३२ लाख रूपैयाँको लागतमा तालिम केन्द्रले निर्माण गरिएको हो । सोही भवनको उदघाटन पश्चात मन्तव्य व्यक्त गर्दै दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाहरूको सिप र क्षमताको आधारमा बहु उपयोगी हुने बताइन् ।