
चितवनमा तीन लाख भन्दा बढी नक्कली नोट सहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मलेन गरी मकवानपुर राक्सीराङ गाउँपालिका-८, हलिजेका जितबहादुर लोप्चनलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ-८ का २६ वर्षीय जितबहादुर लोप्चन रहेका छन् ।
उनलाई चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडाबाट १२ हजारको नक्कली नोटसहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गर्दा लोप्चनले घरमा प्लास्टिकले बेरी लुकाइराखेको अवस्थामा थप ३ लाख २ हजार नगद बरामद गरिएको उनले जानकारी दिए ।
राप्ती नगरपालिका ०५ चौकीडाडामा कात्तिक ४ मा सामान किन्ने क्रममा नक्कली नोट दिएर फरार भएका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय भण्डाराले पक्राउ गरेको थियो ।
नक्कली नोट दिएर मानिस फरार भएको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। ।
पक्राउ पर्नेमा राक्सीराङ ८ निवासी २६ वर्षीय जित बहादुर लोप्चन रहेका छन् । उनलाई थप अनुसन्धान गर्ने क्रममा आज उनको निजी निवासबाट गरी समग्रमा ३ लाख २१ हजार रुपैयाँ बराबरको जाली नोट फेला परेको प्रहरीले जनाएको छ ।
नक्कली नोट कारोबारमा संलग्न अर्का एक व्यक्तिको खोजी कार्य भैरहेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
लोप्चन लामो समयदेखि गाँजा तस्करी र नक्कली नोट कारोबारमा संलग्न देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लोप्चनको बयानका आधारमा उनीसँगै कारोबार गर्ने अन्य दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।