गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ ।

रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो । 

सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुबाट ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार