
नेपालभर वैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गरिने भएको छ । राष्ट्रिय परिचयपत्र र पञ्जिकरण विभागको आयोजनामा सप्ताह सञ्चालन भएको हो ।
यसै आयोजनालाई सफल पार्न राप्तीका सबै वडा कार्यालयहरुलाई नगरपालिकाले अनुरोध गरेको छ । नगरले वडा कार्यालयहरुलाई जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता अनिवार्य गराउन अनुरोध गरेको छ ।
व्यक्तिगत घटना दर्ता गरौँ र गराऔ, बैशाख १ गते देखि ७ गते सम्म घटना दर्ता सप्ताह मनाऔ भन्ने नारा सहित सप्ताह सञ्चालन गरिएको हो ।
अहिले राप्तीको विभिन्न वडामा दर्ता शिविर पनि चलिरहेको छ ।