पूर्वी चितवनको राप्ती नगरपालिकाका एक युवा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा राप्ती नगरपालिका ०६ बस्ने १७ बर्षका विवेक प्रजा रहेका छन्।


बुधबार साँझ लगभग ८ बजेतिर मामाघरबाट फर्कदै गर्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जबाट सामुदायिक वन हुँदै निक्लिएको गैँडाले उनीलाई आक्रमण गरेको थियो।

आक्रमण जंगल भन्दा लगभग डेढ किलोमिटर अगाडि भएको थियो। उनीसँगै आएका अरु चारजना सकुशल भाग्न सफल भएका थिए।

उनीलाई उपचारको निम्ति भरतपुर अस्पताल पठाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार