
एमालेबाट राप्ती-६ का वडाध्यक्षमा उत्तम सेढाईले उम्मेदवारी दिएका छन् । युवाहरुको प्रतिनिधित्व गर्दै उनले वडाध्यक्षमा आकांक्षा प्रस्तुत गरेका हुन् । यसैका साथै सेढाईले लिखित भिजन सहित वडाध्यक्षमा दाबी गरेका छन् । उनको भिजन यस्तो रहेको छ ।
आदरणिय वडावासी कमरेडहरु सम्पूर्णमा हार्दिक अभिवादन आज हामी यस वडाको महत्वपूर्ण क्षणमा छौं, जसले आगामी ५ वर्षको लागि यस वडाको भाग्य र भविष्यको मार्ग निर्देशन सम्भावित अवस्थितिको बारेमा छिनोफानो गर्ने छ ।
विगत लामो समय देखि हामी यस वडालाई एमालेको लाल किल्लाको रुपमा स्थापित गर्न सफल छौं र यस सफलतामा हामी सम्पूर्ण कमरेडहरुले गर्व महसुस गर्ने छौ र गर्नै पर्छ । हामीले समयको विभिन्न काल खण्डमा यस वडामा नेकपा एमालेलाई जिताउन सफल भयौं तर आज हामी आम सर्वसाधारणको बस्तीमा घरदैलो कार्यक्रम सहित घुमि रहदा हामी सबैले बुझेको एउटा यर्थाथ भने हामीले जनताको मन जित्न नसकेको कु्रा भने साचोँ हो । वडा वासीको अपेक्षा अनुरुप कार्य सम्पादन नभएको कुरा साचोँ हो । आज हामीले आगामी ५ वर्षका लागि रोड म्याप तयार गरि रहदा यसको समिक्षा गर्ने कि नगर्ने ? यदि साचैँ वडाको विकास गर्ने र जनताको मनमा खुसीयाली ल्याउने हो भने हामी गम्भिर हुन जरुरी छ कि छैन? यी प्रश्नहरु अनुत्तरित रहनु किमार्थ हुदैन ! शब्दहरूमा गम्भिर भएको भाव व्यक्त गर्ने तर व्यबहारमा त्यस भावलाई चरितार्थ गर्न खुट्टा कमाउने परिपाटीको श्रृङ्खलालाई निरन्तरता दिनु भनेको विकास र समृद्धिको जनभावना र जनअपेक्षा प्रतिको घोर अपमान हुनेछ ।
सम्पूर्ण वडा बासी कमरेडहरु हामी आज चुनावी रस्साकस्सीको महत्वपूर्ण घडीमा रूमलिएको बखतमा एउटा कुरामा प्रष्ट हुन जरूरी छ । तपाई हामी वडाबासीहरुले प्रमुखत: खोजेको विकास र परिर्वतन हो । आम सर्वसाधारणलाई कुन दलले चुनाव जित्यो भन्ने कुराको खासैँ फरक पर्दैन, यो कुरा सत्य हो । चुनाव जित्नु मात्र पनि जित होइन, जित पछि जनताको अपेक्षाको कार्य सम्पादनमा फेल नखानु चाहीँ जित हो । यसकारण चुनावी सेनापति छनौटको पकृयामा नेतृत्वले यो कुरामा सुझबुझ पुर्याउने कि नपुर्याउने??
सुखी नेपाली समृद्ध नेपालको नारा चरितार्थ गर्न सुखी वडावासी र समृद्ध वडा बनाउन सक्ने उम्मेदवार आजको आवश्यकता हो । उम्मेदवार छनौटमा चलिआएको परिपाठीको क्रमभगंता आजको आवश्यकता हो । पार्टी कार्यकर्ताले पार्टीमा पुर्याउने योग्दान र समाज विकासमा पुर्याउनु पर्ने कार्यसम्पादन एकै तुलामा मात्र राखेर विष्लेषण गरे त्यसको निश्कर्ष एकिन सही मानेमा हुन सक्तैन । तसर्थ यी दुई विषयलाई दुई फरक कोणबाट विवेचना गर्नु जरुरी छ ।
आज समाजमा पुर्याउनु पर्ने केहि मुल विकासका परियोजनाहरु कसरी वर्गिकरण गर्ने र त्यसको विषयमा कार्य सम्पादन कसरी गर्ने भनेर वडाको उम्मेदवारले विशेष ज्ञान राख्नै सक्दैन भने अनि वडाको विकास र जनअपेक्षाको काम कसरी हुन्छ ? २/५ दिन चुनावी भेलमा जीतको पौडी मारीरहने र बाँकी समय विकास र समृद्धिको विषयमा सुकेको खहरे झै उराठिलो जीवनको नियति वडाले भोग्नु पर्ने कुरा कुनै पनि मानेमा न्यायपूर्ण हुन सक्दैन ।
वडा विकासको अवधारणालाई साकार बनाउनको लागि एउटा व्यापक सुधारात्मक दृष्टीकोण हुनु पर्दछ, जसले गरिवी उन्मुलन सहित सेवा सुविधाको वितरणमा समानता कायम गरोस् । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा मैलै राप्ती -६ बाट वडा अध्यक्षको लागि आकांक्षा यसकारण प्रस्तुत गरेको हुँ कि म संग वडा विकास र समय सान्दर्भिक वडाको रूपान्तरण र आधुनिकीकरणमा मेरा प्रमुखत निम्न विषयहरुमा मेरो भिजन र कार्यसम्पादन गर्ने दक्षता भएको दावी गर्दछु जुन आजको समाजको अहम् आवश्यकता हो ।
क) पूर्वाधार विकास :
पूर्वाधार विकासको सन्दर्भमा संघ र प्रदेश मार्फत आएका बजेटहरुलाई विकास निर्माणको ठुला परियोजनामा केन्द्रित गर्ने र वडा मार्फत विनियोजित बजेटलाई वडा बासीहरुको जनस्तर उकास्न र जन विकासमा खर्चने ।
१) स्र्माट सडक योजना
वडा भित्र रहेका बाटोहरूलाई वर्गिकरण गरी प्रमुखत: निम्न भिजन र दृष्टिकोणले विकास गर्ने :
– कृषि सडकको विकासको विधि
– पर्यटन सडकको विकासको विधि
– मुल सडकको विकासको विधि
२) गाउँ–सहर कनेक्टिभिटिको भिजन
– Physical connectivity (सडक)
– Electronic connectivity (विद्युतिय)
– Educational connectivity(शिक्षा)
– Economical connectivity (आर्थिक)
३) जिवन स्तर सुधार गर्न :–
-वडा वासीहरुको गासँ, वासँ र कपासको उचित ग्यारेन्टी गर्न रोजगार र शिक्षाको अहम् उपलब्धताको भिजन
– उत्पवादन बृद्धि, विकास नितिमा जनताको सहभागिता, प्राथमिकताको आधारमा आयोजनाको वर्गीकरण
ग) कृषिमा :–
– एकिकृत सिचाई प्रणाली
– कृषि वीमा योजना (वडा अध्यक्ष कृषि विमा योजना)
– डिजिटल मण्डीको मार्फत यस वडाको उत्पादनलाई देशभरीका बजारमा डिजिटल प्रविधिबाट विक्री वितरण
– किसान कल सेन्टरको विकास
– ई–एग्रिकल्चरको अवधारणाले वालिनालीमा हुने रोग व्यादीलाई अन्वेषण गरि त्यसको निरुपण गर्न डिजिटलाईज प्रविधिबाट Weed Control Mechanism को भिजन लागु गर्ने , आदि
४) प्रविधिको विकास
Geo – Fencing को अवधारणा र दृष्टिले वडाको घेराबन्दी गर्दै वडा भरी नै फ्रि वाईफाई जोन बनाउने
क) फाईदाहरु :–
– कृषिको आधुनिकीकरणमा सहज
– किसान कल सेन्टर स्थापना गरी Video and Voice conference मार्फत समस्या बारे परामर्श र समाधान गर्ने
– डिजिटल मण्डीको अवधारणा लागु गर्न सहयोग पुग्ने ।
– आधुनिक प्रविधिको माध्यमबाट खेती तथा वालीनाली बारे सर्वेक्षण गरी सुचना संकलन गर्दै किसानको समस्या समाधान गर्ने ।
– एकिकृत बाली परियोजना लागु गर्न सजिलो ।
– आधुनिक ग्रिन हाँउस प्रविधि मार्फत off season को बालीलाई प्रर्वधन , आदि
५) शिक्षा :–
– वडा अध्यक्ष छात्रवृद्धि कोष निर्माण गरी वडामा रहेका जेहेन्दार विद्यार्थीलाई शिक्षाको अवसरबाट बञ्चित नराख्ने ।
-शिक्षाको व्यवसायिकरणलाई निरुत्साहित गर्दैै वडाको पहलमा विभिन्न प्रकारका शिक्षा प्रणालीको वर्गिकरण गरि प्रयोग गर्ने ।
जस्तै : किसान उपयोगी Vocational Training, जिवन उपयोगी शिप विकास, श्रमजिविहरुलाई श्रम र दक्षता अनुसारको निरन्तर तालिमको व्यवस्था गर्ने ।
– विद्यार्थीहरुलाई औपचारिक शिक्षाको अलवा समाज विकास र आफ्नो समाजलाई रुपान्तरण गर्न जिम्मेवारी वोध गराउदै अनौपचारिक सामाजिक शिक्षाहरुको माध्यमबाट दायित्व वोध गराउने , आदि ।
६) स्वास्थ्य (राज्यले सुनिश्चित गरेको स्वास्थ्य सुविधाको अलवा):–
– घर घरमा स्वास्थ्य चौकिको नारा सहित वडा भित्र स्वास्थ्य स्वयम्सेविकाहरुलाई सक्रिय परिचालन गरि घुम्ती स्वास्थ्य चौकीको अवधारणा लागु गर्ने ।
– वडाले आफ्नै एम्बुलेन्स र शव वहानको व्यबस्था गरी सुलभ सेवा उपलब्ध गराउने , आदि।
७) पर्यटन विकासको अवधारणा :
– हाम्रो वडामा छरिएर रहेको विभिन्न जात जातिहरु जस्तै, थारु, खसआर्या दराई, तमाङ्ग, राई, चेपाङ्ग आदिहरुलाई कलस्टर मान्दै कल्चरल भिलेज कम्यूनिटिको अवधारणाले विकसित गरि पर्यटन बस्तीको रुपमा विकसित गर्ने ।
– पर्यटन आर्कषित गर्न वन तथा चितवन राष्ट्रिय निकुञ्जको परामर्शमा जिप सफारि जंगल भित्र संचालन, राप्ती नदिमा डुङ्गा सयर, होमष्टे संचालन, खुल्ला चिडिया मैदान, भ्यू टावरहरुको विकास आदि वडाको पहलमा गर्ने ।
– वडालाई स्मार्ट सरसफाईको परियोजना लागु गर्दै वडा कै पहलमा सरसफाई व्यवस्थित गर्ने, जसले पर्यटनलाई प्रर्वद्धन गर्न सकोस् ,आदि !
सम्पुर्ण वडाबासीहरूले माथी उल्लेखित जस्तै विकास र समृद्धिको जनचाहनालाई मैले आफ्नो दक्षता र कार्यसम्पादनको इच्छाशक्तिले सम्पन्न पार्न सक्ने मेरो आत्माविश्वास लाई मनन गर्दै राप्ती -६ को वडा अध्यक्षको दावी जोडदार रूपमा गर्दछु ।
– उत्तम सेढाई
नेकपा एमाले राप्ती नगर सचिवालय सदस्य
एवं राष्ट्रिय युवा संघ राप्ती नगर संयोजक