
आईपीएलको १३ औँ सिजनको ४९ औँ खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
चेन्नईलाई जीतका लागि १२ बल ३० रन आवश्यक रहेको बेला रवीन्द्र जडेजाले ११ बलमा नटआउट ३१ रन बनाउँदै टोलीलाई जीत दिलाए । उनले अन्तिम दुई बलमा दुई छक्का लगाउँदै लक्ष्य पूरा गरे।
टस हारेर ब्याटिङ गर्दै कोलकाताले चेन्नईसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोलकाताका लागि नितिष रानाले सर्वाधिक ८७ रनको योगदान दिए । उनले यसक्रममा ४ छक्का र १० चौका हिर्काए । शुभमन गीलले २६ तथा दिने कार्तिकले २१ रन बनाए ।
बलिङतर्फ पेट कमिन्सन र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।
चेन्नाईको जितमा ऋतुराज गायकवाडले ७२ रन योगदान गरे । शेन वाटसनले १४ र अम्बाती रायडुले ३८ रन बनाए । साम करनले १३ र रविन्द्र जडेजा ३१ रनमा नटआउट रहे ।