सचितराज सेढाई,चितवन। पछिल्लो समयमा एकदमै व्यस्त चर्चित गायक/संगीतकार थानेश्वर गौतमको नयाँ गजल “बेचेर सपना”
ले अत्याधिक चर्चा बटुल्न सफल भएको छ। गत वैशाख ९ गते शुक्रवार अपराह्नमा ‘जननी नेपाल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गजल एकदिन मै युट्युबको ट्रेन्डिङ्गमा पर्न सफल भएको छ। यस गितमा नायक तथा मोडल पुष्प खड्का, स्मारिका ढकाल, कृष्ण प्रसाद रेग्मी, शुशिला थापाको मुख्य अभिनय रहेको छ भने प्रभा बर्तौला, स्वइच्छा कट्टेल, सान्वी बि.सि., रियाशा रायमाझी र अशोक भुजेलले पनि अभिनय गरेका छन् ।

गायक गौतम स्वयं आफैंले सङ्गीत भरेका यो गजल गितमा श्रीभक्त पौडेल(आफन्त)को शब्द रहेकोे छ भने सङ्गीत संयोजन विनोद बाजुरालीले गरेका हुन् । साथै निर्देशन तथा नृत्य निर्देशनमा सर्वाधिक सफल तथा चर्चित निर्देशक रामजी लामिछाने रहेका छन् । गितमा बान्डे प्रसादको सम्पादन रहेको छ। अहिले टिकटक, युट्युब, फेसबुक पेज लगायतका सामाजिक संजालहरुमा यस गजलले राम्रो प्रतिक्रिया पाउँदै चर्चा बटुलिरहेको छ।

भिडियो लिंक: https://youtu.be/AbyuHe5Uslw

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार