
पूर्वी चितवनको राप्ती नगरपालिका ०५ चौकीडाडामा कात्तिक ४ मा सामान किन्ने क्रममा नक्कली नोट दिएर फरार भएका जीत बहादुर लोप्चनलाई प्रहरीले पक्राउ गरि ३,२१,०००/- रुपैयाँ बरामद गरेको थियो।
प्रहरी अनुसन्धानको क्रममा उनीले गाउँमा ऋण तिर्दा ३०,०००/- पनि नक्कली भएको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका ०८ बस्ने चन्द्र बहादुर घलानको साथबाट १ हजारको ३० थान नक्कली नोट बरामद गरेको छ।
घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक राजीव गिरीले बताउनु भयो।