बैशाख १२, राप्ती । राप्ती-१ को वडाध्यक्षमा काँग्रेसबाट काशिराम चालिसेले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको दोस्रो दिन चालिसेले उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीमा प्रस्तावक ओम प्रसाद डल्लाकोटी रहेका छन् भने समर्थक कृष्ण प्रसाद पाण्डे रहेका छन् ।

गठबन्धनको निर्णय आउँ न बाँकि नै छ । नेकपा (एकीकृत समाजवादी) ले वडाध्यक्षमा दाबी गरेको छ भने काँग्रेसले आफ्नो नेतृत्व छोड्न चाहेको छैन ।

काशिराम चालिसेको सामाजिक र राजनितिक जीवन :-

काशिराम नेपाली काँग्रेस राप्ती-१ का वडा सभापति हुन् ।

चालिसे वि.स. २०६९ सालमा बीरेन्द्र आदर्श उच्च माविको ने.वि. संघ प्लस टु इकाई समितिको उपाध्यक्ष पदमा रहेका थिए । वि.स. २०७१ साल देखि बालकुमारी कलेजमा ने.वि. संघ इकाई सदस्य रहि काम गरेका चालिसे वि.स. २०७४ सालको स्थानीय निर्वाचनमा विद्यार्थी परिचालन समितिको राप्ती नगर सह-संयोजक र सोही सालको प्रतिनिधिसभा निर्वाचनमा विद्यार्थी परिचालन समितिको राप्ती नगर संयोजक रहेर काम गरेका थिए । चालिसे ने.वि. संघ राप्ती नगरपालिकाको संस्थापक संयोजक हुन् । उनले हेल्प फर हेप्पीनेस नामक सामाजिक संस्थाको स्थापना गरि स्वास्थ्य शिविर, रक्तदान, खाद्यान्न सहयोग, सरसफाइ लागू पदार्थ दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम जस्ता विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।

युवा नेताको रुपमा उदायमान भएका काशीराम चालिसे छ बर्ष भन्दा बढी शिक्षण पेसामा पनि आबद्ध रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर