बैशाख १३, राप्ती । राप्ती नगरपालिकाको ५ वटा वडामा नेकपा माओवादी केन्द्रले वडाध्यक्षको उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले वडा नम्बर १, ३, ५, ७ र ८ मा उम्मेदवारी दर्ता गरेको हो भने अन्य वडामा वडा सदस्यको उम्मेदवारीमा दिएको छ ।

राप्ती-१ बाट याम बहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ । मनोनयन गराउने दोस्रो दिन उनले उम्मेदवारी दर्ता गराएका हुन् । लामो समय शिक्षण पेशामा व्यतीत गरेका तामाङ सो पेशा छोडेर समाजसेवामा लागेका छन् । उनी पार्टीको वडा कमिटी अध्यक्ष पनि हुन् । कोरोनाले थिलथिलो बनाएको अवस्थामा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने काम गरेका थिए ।

राप्ती-३ बाट श्याम पाठकको उम्मेदवारी दर्ता गराएका छन् ।

श्याम पाठक माओवादी केन्द्र राप्ती नगर कमिटीका उपाध्यक्ष हुन् । उनले राप्ती-३ बाट वडाध्यक्षको पदमा उम्मेदवारी दिएका छन् । राप्ती-३ लाई माओवादीको पकड भएको वडाको रुपमा पनि लिइन्छ । पाठक स्थानिय समाजसेवीको रुपमा पनि चिनिन्छन् । कोहि कसैलाई गाह्राे पर्दा सहयोगको लागि सबैभन्दा पहिला मैदानमा उत्रने व्यक्ति श्याम पाठक नै हुन्छन्  । राप्ती-१ को आगलागी पिडित देखि राप्ती-१२ र १३ को विकट क्षेत्रमा खाद्यान्न वितरण गर्ने कार्यमा उनको भूमिका अग्रणी रहेको छ । उनले अन्यायको विरुद्धमा सधै बुलन्द आवाज उठाउने गर्दछन् ।

राप्ती-५ बाट राम बहादुर सारु मगरको उम्मेदवारी परेको छ । सत्तागठबन्धनको साझा उम्मेदवारमा उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

राम बहादुर सारु मगरले गरेको कार्यको प्रशंसा राप्ती-५ मा मात्र नभई राप्ती नगर भरि नै चर्चा गरिन्छ । भण्डारा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमा रहेर उनले विद्यालयको मुहार फेर्ने काम गरेका छन् । आफ्नो धेरै भन्दा धेरै समय विद्यालयमै बिताउने मगरले विद्यालयको भौतिक र शैक्षिक गुणस्तरलाई उकास्ने काम गरेका छन् । हाल उनी अध्यक्षको तेस्रो कार्यकालको लागि चयन पनि भएका छन् । विद्यार्थीहरुको छात्रवृत्तिको लागि अक्षय कोष स्थापना गरेर विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने काम गरेका उनी विद्यार्थी र अभिभावक माझ पनि उत्तिकै प्रिय छन् ।

राप्ती-७ बाट जयराम गोतामेको उम्मेदवारी दर्ता भएको छ । विद्यार्थी जीवनबाट राजनितीमा लागेका गोतामे युवा नेताको रुपमा परिचित छन् । विद्यार्थी हक र हितको लागि आवाज उठाउने जयरामको सरल जीवनशैलीले पनि सबैलाई प्रभावित पारेको छ । पार्टीको वडा कमिटीको अध्यक्ष समेत रहेका गोतामे युवाहरु माझ मात्र नभई सबैमा परिचित छन् ।

राप्ती-८ बाट खिल प्रसाद घिमिरेको उम्मेदवारीलाई विशेष रुपमा हेरिएको छ । गत निर्वाचनमा झिनो मतले पराजित व्यहोरेका घिमिरेले यसपालि नतिजा आफ्नो पक्षमा ल्याउने कोसिसमा छन् । व्यवसायिक जीवनको साथसाथै समाजसेवामा अग्रणी भूमिका निभाएका घिमिरे लोकप्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर