
मदन भण्डारी फाउन्डेसन क्षेत्रीय कमिटी गठन कार्यक्रम राप्ती नगरपालिका ०७ अन्तर्गत बिरेन्द्रनगरमा सम्पन्न भएको छ।
मदन भण्डारी फाउन्डेसन क्षेत्रीय कमिटीको भेला बाट गोबिन्द प्रसाद कंडेल अध्यक्षतामा ३३ कार्य समिती चयन भएको छ।
समितिको उपाध्यक्षहरुमा निर्मल श्रेष्ठ, सजना महतो, सीता भेटवाल, मुकुन्द दवाडी, भरत भण्डारी सचिवमा गोमनसिंह लामा, कोषाध्यक्षमा नगेन्द्र उप्रेती र सहसचिवमा कारिराम चौधरी, त्यस्तै सल्लाहकार समितिमा संयोजक क.यादव पाठक सदस्यहरु मुकुन्द दाहाल, प्रेम दवाडी,सिताराम पोखरेल, प्रदीप डल्लाकोटी, आनन्द दराई, श्रीधर उप्रेती,आईपी लामिछाने सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
मदन भण्डारी फाउन्डेसन चितवनको उपाध्यक्ष भिम पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रिय कमिटी सदस्य तथा अनेम संघ सह-संयोजक सीता पौडेल, विशिष्ट अतिथिहरुमा नेकपा बागमती प्रदेश सचिवालय सदस्य तथा मदन भण्डारी फाउन्डेसन चितवनका संस्थापक अध्यक्ष जे.एन थपलिया, नेकपा बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामा, नेकपा चितवन जिल्ला कमिटी कार्यालय सदस्य तथा रास्ट्रिय सरोकार तथा समन्वय समिति सभापति माननीय पार्वती रावल अतिथिहरुमा मदन भन्डारी फाउन्डेसन चितवनका अध्यक्ष त्रिचन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष सम्भु सुवेदी, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेकपा चितवन जिल्ला सदस्य हरि पौडेल, मदन भण्डारी फाउन्डेसनका सदस्यहरु सिताराम वल, किशोरबाबू पुरी, श्यामसुन्दर उप्रेती, बिस्वराम सेढाई , युवा संघ नेपाल केन्द्रिय कमिटि सदस्य प्रताप डल्लाकोटी, अनेरास्ववियू केन्द्रिय सदस्य स्वरुप सुयाल, अनेरास्ववियु चितवन जिल्ला कमिटी सदस्य सुरज थपलिया लगायतको उपस्थित रहनु भएको व्यहोरा मदन भण्डारी फाउन्डेसन राप्ती नगर प्रसार विभाग प्रमुख प्रकाश कालाखेतीले सजिलोपाटी डट कमलाई जनाउनुभयो ।