बैशाख २२, राप्ती । नेकपा एमालेका तर्फबाट राप्ती नगरपालिकाका मेयरका उम्मेदवार गोविन्दप्रसाद कँडेलले सिमान्तकृत विद्यार्थीलाई खाना तथा पढ्नको निशुल्क व्यवस्था गर्ने बताएका छन् । बिहिबार आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । “पहाडी क्षेत्रमा जनजाति तथा अल्पसंख्यक समुदायको बसोबास रहेको छ । भुगोलको हिसाबले पनि त्यस क्षेत्रमा गाह्रो छ । त्यस क्षेत्रको उत्थान र शिक्षा विकासको लागि हामीले त्यहाँ आवासीय विद्यालय बनाएर निशुल्क खान बस्नको व्यवस्था गर्नेछौँ ।” उनले भनेँ ।

यसका साथै उनले कृषकहरुलाई खेती तथा सिँचाईको लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराउने बताएका छन् । नेकपा एमाले जनताको पार्टी भएको उनले बताए । देशको भरपर्दो पार्टी एमाले भएको कारणले देशभरि नै पार्टी प्रवेश गर्नेको लर्को लागेको कँडेलले बताए । समृद्ध राप्तीको लागि एमाले नै आवश्यक भएको उनले जिकिर गरे ।

राप्तीको दक्षिणी भूभागमा रहेको राप्ती नदीले जहिले पनि दुख दिएको र यसको समाधानको लागि पहिले देखि नै प्रयत्न गर्दै आएको उनले बताए । जेपी भेटवालको नेतृत्वमा लोथर-राप्ती ड्याक संरक्षणमा कँडेल आफू बसेर काम गरेको उनले बताए । फेरि पनि तटबन्धको लागि चार अर्ब परेको उनले बताए ।

उनले कार्यक्रममा बोल्दै आफू एमालेको मात्रै उम्मेदवार नभएको बताएका छन् । “गोविन्द कँडेल एमालेको मात्र उम्मेदवार हैन, यहाँका लोकतन्त्रवादी, यहाँका प्रजातन्त्रवादी, यहाँका कम्युनिस्ट सबैको प्रतिनिधि हो ।” उनले भनेँ ।

काम गर्ने बेलामा पार्टीको नाममा भेदभाव नगरि सम्पूर्ण नगरबासीको हितको लागि अघि बढ्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर