कात्तिक १५,
सुरज बराकोटी
पूर्वी चितवनको राप्ती नगरपालिकामा पहिलो पटक अन लाइन रेडियो बज्ने भएको छ।

अनलाइन न्युजबाट चर्चा कमाउदै आएको न्युज टाइम्स ग्लोबलमा रेडियो न्यु टाइम्स अनलाइन म्युजिक स्टेसन सञ्चालनमा आउने भएको छ।

अनलाइन न्युज र अनलाइन टीभीको निरन्तरता सँगसँगै यहि आउँदो सोमबारबाट अनलाइन रेडियो सुरु हुने भएको हो।

अनलाइन रेडियोमा विभिन्न लोकदोहोरी, आधुनिक, पप गीत, नयाँ तथा पुराना चलचित्रका गीतहरुका साथै हिन्दी तथा अंग्रेजी गीतहरु सुन्न पाइनेछ।

गीत संगीतलाई मुख्य प्राथमिकता दिई अनलाइन रेडियो सञ्चालनमा ल्याउन लागेको न्युज टाइम्स एच डीका सञ्चालक रमेश पाण्डेले जानकारी बताए।

प्रतिक्रिया

सम्बन्धित खवर