कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणबाट महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षीया महिला तथा झापाका ८६, रौतहटका ४०,  चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

यस्तै, सोमबार नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । संक्रमितमध्ये २१ हजार  ४१० जना निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार