मानिसको जिन्दगी भनेको आफुभित्र भएको कुरा,आफुभित्र नखोजी बाहिर-बाहिर भौंतारिदै सकिन्छ।मानिस जीवनलाई बुझ्न खोज्छ,जान्न चाहान्छ तर जति बुझेपनी,जति नै जानेपनि जिवनको वास्तविक अर्थ भेटाउन सक्दैनन् । त्यसैले मानिसको जीवन एक आश्चर्यपूर्ण र आफैंमा अर्थहिन छ। मानिसले आफुलाई चिन्दै चिन्दैन अझ अरुलाई आफुमा देख्न थाल्छन् । मानिसले आफुमा जे कुरा छ,त्यो छैन र जे छ त्यो छैन भनेर जानेको,बुझेको हुन्छ।भनिन्छ नि जीवन एक यात्रा हो।त्यसैले पनि होला जीवनको यात्रा कुनै कुनै रुपमा सबैले गर्छन् तर कसैले पनि सहि बाटो चिन्दैनन् या त बुझ्दैनन्।

मलाई लाग्छ-पुस्तक,मानिसको जीवनको एउटा नदेखिने पाटो हो । हुन त जीवन आफैमा नलेखिएका बृहत पुस्तकहरुको पुस्तकालय हो। पुस्तक पढ्नु भनेको देखिएका,नदेखिएका,भोगेका,नभोगेका आफ्ना,अरुका दु:खका कुरा पनि सुखको कुरा सबै विषयसंग प्रत्यक्ष रुपमा कल्पनामा मौन शब्दमार्फत भेट्न सकिन्छ। त्यसैले पुस्तक अध्ययन गर्ने गरेमा केही हदसम्म जिन्दगीको अर्थ भेट्न सकिन्छ।

मानव जीवन पृथ्वीको सर्वोत्तम उपहार हो भने किताब ज्ञानको अथाह भण्डार। मानिस र किताब एकअर्काका पर्यायी हुन् । किताबबिना मानिसको जीवन अकल्पनीय हुन्छ भने मानिसबिना किताबको सिर्जना हुनै सक्दैन ।किताब बिना मानव जीवन लङ्गडो मानिन्छ।सबथोक पुगेर पनि केही नपुगे जस्तो,सबथोक खाएर पनि केही चिज नखाएजस्तो,झैँ आभास हुन्छ। सबैको प्रिय साथी,सबैको सहयात्री सजिलै बन्न सक्ने ज्ञानको अथाह भण्डार किताबको सहि उपयोगिताले मानिसको जीवनमा उत्कृष्टता प्रदान गर्नमा सहयोग गर्दछ। मान्छेलाई आफू को हो भनी चिनाउने अर्थात् मान्छेलाइ वास्तविक मान्छे बनाउने तथा यथार्थको धरातलमा ल्याउने कुरा भनेको नै किताब हुन् ।लाग्छ-किताब प्रेमीहरु माझी हो भने किताब डुङ्गा जसलाई माझीले सहि तवरले चाल्न सक्नुपर्छ र जानेको हुनुपर्छ ।डुङ्गा नै भएन भने माझी को के अर्थ? त्यसैले किताब बिना मानिसको जीवन अपुरो,अधुरो र अनिश्चित ठहरिन्छ।

किताबले मानिसको जीवनमा सुवासिलो वहार छर्ने,आफ्नो जिवनलाइ यथास्थितिबाट उजागर गर्न सहयोग गर्द्छ।भनिन्छ नि-जसले जीवनमा जती धेरै किताबहरु अध्ययन गरेका हुन्छन त्यसले त्यति नै धेरै जिवनको वास्तविक सार बुझ्दै गएको हुन्छ। जीवनको गोरेटोमा आइपरेका कठिनाई हरुलाई सामना गर्न सरल र सहज बनाउने माध्यम भनेका नै किताब हुन् । किताबको पानामा लेखिएका ती शब्दहरु मार्फत भनिएका घटना सन्दर्भले हरेक मानिसको जीवनको हरेक पल हरेक क्षण उपयोगी भइरहेका हुन्छन् ।नयाँ कुरा सिक्न,ज्ञान अनुभव प्राप्त गर्न किताब नै पढ्नुपर्ने हुन्छ।किताब पढ्नबाट जस्तो आनन्द अरु कुनै माध्यमबाट प्राप्त गर्न सकिदैन । आजको सुचना प्रविधिको युगमा आइपुग्दा पनि किताब पारखीहरु आफ्नै हातमा किताब राखेर पढ्न रुचाउँछन। उनीहरुलाइ यो थाह छ कि -हातमै समाएर किताब पढ्नजस्तो आनन्द इन्टरनेटबाट कदापी अनुभव गर्न सकिदैन । किताबको उपयोगीता महत्त्व बुझेको ब्यक्तिले जिवनलाई आनन्दमय र सुखी बनाउन सक्दछ।

पुस्तकको ज्ञानको अथाह स्रोत हो- यो जति विद्यार्थीलाई उपयोगी छ्न नि त्यो भन्दा सयौं गुना उपयोगी हुन्छ्न आ-आफ्नो क्षेत्रमा तल्लीन व्यक्तिहरुलाई । गहन चिन्तन अध्ययनमा लागेका दार्शनिक होस् या कुनै राजनीतिज्ञ,चाहे डाक्टर होस् या कुनै अर्थशास्त्रि सबै सबैलाई आफ्नो क्षेत्रमा थप दक्षता हासिल गर्न उपयोग हुने महत्त्वपूर्ण माध्य्म भनेका नै किताब हो।

मानिसले किताब पढ्नुपर्छ भन्दैमा जुन पायो त्यहि किताब पनि पढ्नु हुदैन । यहाँ बर्षमा लाखौं किताब छापिन्छ्न तर पढ्न योग्य किताब धेरै कम नै हुन्छन् । यो आ-आफ्नो छ्नोटको विषय हो। मानिसको आ-आफ्नो उमेर अवस्था रुचि क्षमता र आवश्यकता अनुसार छनोट गरेर पढ्न जान्नुपर्छ। अनि मात्र किताब पढ्नुको वास्तविक आनन्द लुट्न र अनुभव गर्न सकिन्छ।

किताब यात्राको सहयात्री र एक्लोपनको साथी मात्र नभइकन आइपर्ने दुख सुखको अभिन्न मित्र पनि हो।किताबका हरेक पानामा कुँदिएका ती सुन्दर अनि गहनताले भरिपुर्ण शब्दले मानिसको जीवन खुसी सुखी रङ्गिन र रसिलो तुल्याएको छ। किताब मान्छेले नै सिर्जना गरेको हुनाले यसमा मानिसले केही भोगेका कुरा समेटिएका हुन्छन् त केही अनुभव गरेका हुन्छन् भने केही कल्पना र यथार्थमा आधारित शब्दहरु भरिपुर्ण हुन्छन् ।

पुस्तक मात्रा यस्तो चिज हो जसले मानिसको मानसिक रोगलाइ निको पार्दछ। किताब पढ्ने बानीले मानिसमा रहेका नकारात्मक सोच विचार र विकार चिजलाइ निर्मुल गरि स्वच्छ र सफा मानसिकता तय गराउदछ। तपाईले जति धेरै पुस्तक पढिदै गयो उति नै बढी ज्ञान सीप अनुभव र चिन्तन मनन गर्ने शैली पनि बढ्दै जान्छन् । नवीनतम सोच र अनुभव समेटिएको अर्को नयाँ किताबको जन्म हुन पुग्दछ। किताब ज्ञानको साघुँरो गुफा हो जहाँबाट घर्सेर यात्रा गर्न सुन्दर ससारको कल्पना गर्न सकिन्छ।त्यसैले जीवनको वास्तविक यथार्थलाइ नजिकबाट नियाल्न किताबको महत्त्वपूर्ण भुमिका हुन्छ। तपाईं किताब पढिरहनु हुन्छ भने यो बुझ्नुस् कि तपाइ आफैलाइ पढिरहनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार