संघीय सांसद सूर्यबहादुर केसीको मङ्गलबार निधन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य समेत रहनु भएका सांसद केसीको पोखराको मुस्ताङचोक स्थित आफ्नै घरमा गएराति १०:३० बजे निधन भएको कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिएका छन्।

विगतमा मृगौला प्रत्यारोपण गरेका केसीलाई मधुमेह लगायतका अरू रोगहरू पनि समस्या थियो । सोमबार राति एक्कासी बिरामी परेपछि चरक मेमोरियल अस्पतालमा लैजाने तयारी गर्दै गर्दा उहाँको निधन भएको हो ।

केसीले औद्योगिक प्रतिष्ठान मात्र होइन, यहाँको शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको उन्नति र प्रगतीका लागि समेत महत्वपूर्ण योगदान दिएका बताएकोछ। केसी तत्कालिन नगरपञ्चायतका प्रधानपञ्च, वरिष्ठ उद्योगपति, नेपालमै पहिलो चाउचाउ राराको उत्पादन कर्ता, माछापुच्छ्रे बैंकका संस्थापक, विगतमा राप्रपाका केन्द्रीय कोषाध्यक्ष समेत भएका र पहिलो संविधानसभामा सभासद् रहेका उनी पछिल्लो समय संघीय संसदको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फबाट संघीय सदस्य रहनु भएको बताईएको छ।

उनको मंगलबार नै अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार