चितवन, जेठ १३–
नेपाली काँग्रेस रत्ननगर नगर सदस्य टिका कुमारी नेपालको निधन भएको छ । रत्ननगर–१४, डुम्री चोकस्थित निवासमा शुक्रबार नेपालको ६६ वर्षको उमेरमा निधन भएको हो । उनलाई क्यान्सर रोग लागेको थियो ।
उनको पाथर्थिव शरीरमा नेपाली काँग्रेस रत्ननगरका सभापति एवं नगर प्रमुख प्रलाद सापकोटाले काँग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । पार्टीमा निरन्तर योगदान गरेकी नेपालको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको नगर प्रमुख सापकोटाले बताए । नगर समितिले निवासमै शोक सभा गरेको थियो । नेपालको आजै देवघाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।
नेपाल विभिन्न सामाजिक संघ संस्थामा निकै सक्रिय थिईन् । लामो समय महिला स्वास्थ्य स्वयंसेविका रहेर सेवा गरेकी थिइन् । पञ्चायती ब्यवस्थाकोविरुद्धमा पति स्वर्गिय कृष्ण बहादुर नेपालसंगै टिका निकै सक्रिय थिइन् । नेपालको एक छोरी र दुई छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार