जेठ १४,चितवन । गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसर पारेर ८३४ जना कैदीको सजाय माफी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयको अनुसार २०७९ जेठ १५ देखि खड्ग श्रेङ लिम्बु समेत २७१ जना, नरबहादुर साँवा समेत ५४७ जनाको र संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार