
चितवन, जेठ १४ –
लियो क्लव अफ चितवन पर्साको अध्यक्षमा अनिशा सुबेदि चयन भएका छन् ।
शनिबार भएको क्लवको छैठौ अधिवेशनबाट वर्ष २०२२/२३ का लागि नयाँ समिति चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा अमृत श्रेष्ठ, दोश्रो उपाध्यक्षमा देबेन्द्र श्रेष्ठ, तेश्रो उपाध्यक्षमा निसा उप्रेती, सचिवमा कबिर अर्याल, कोषाध्यक्षमा कपिल पाठक, सह–सचिवमा समिर भण्डारी, सह–कोषाध्यक्षमा सोस्तिका अगस्ति चयन भएका छन् ।
यस्तै क्लवको एक्जुकेटिव सेक्रेटरीमा अलिशा तमाङ पि आर ओ युरोब दर्नाल, टेल टुईस्टरमा नबिन तिमल्सिना, टेमरमा निर्मल बरुवाल, प्रेसिडेन्ट एडभाईजरमा रबि, सन्जिव चौधरी, सुशान्त सापकोटा र निर्देशकमा निराजन खनाल, नरेश चौधरी, हङगर रिलिफ कोवर्डिनेट्ररमा भवानी धमला, चाईल्ड क्यानसर कोवर्डिनेटरमा अबिन श्रेष्ठ, भिजन चिफमा सम्झना सुवेदी, वातावरण प्रमुखमा निसान थापा, डाईबेटिज अफिसरमा विश्वास थापा र प्रोग्राम टुइनिङ अफिसरमा सन्जु भण्डारी चयन भएको निर्वाचन अधिकृत रुपेश भट्टले जानकारी दिनुभयो ।
२०२१/०२२ का क्लवका अध्यक्ष नितिन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ चितवन पर्साका पूर्व अध्यक्ष टेकराज अधिकारी, हालका अध्यक्ष राजु चौधरी, नोमिनेसन अफिसर नमराज लामिछाने लगायतको उपस्थिति रहेको थियो ।