
पूर्वी चितवनको राप्ती नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै भण्डारा युवा समाज, जे.एम.टी. क्लब लगायत राप्ती नगरपालिका ०५ को बासिन्दाहरुले भण्डारा बजार क्षेत्रबाट निस्कासित फोहोर नगरपालिकाको प्राङ्गण र ढोकामा फालिदिएका छन्।
नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको लगभग ४ बर्षसम्म पनि फोहोर व्यवस्थापन गर्न नसकेपछि युवा तथा स्थानिय बासिन्दाहरुले फोहोर फाल्न बाध्य भएका उनीहरु बताउछन्।
बारम्बार सम्बन्धित निकायसँग गुनासो गर्दा पनि चासो नदिएको र भण्डाराबासीहरुले फोहोर जलाउँदा प्रदुषण बढेकोले यस्तो कदम चालिएको उनीहरुको भनाई छ।