जेठ १६, रापती ।
सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नगेन्द्र अधिकारीले आफ्नो जन्मदिनमा मातृ सहयोग आधारभूत विद्यालय राप्ती ७ चितवनका छात्र छात्रालाई शैक्षिक सामग्री प्रदान  गरेका छन्।

नगेन्द्र अधिकारी १७ बर्षको अबधि पुरा गरि केहि समय अगाडी मात्रै सशस्त्र प्रहरी बल बाट पेन्सन आएका हुन्।सामाजिक कार्यमा  अग्रसर भएका अधिकारीले ४० औ जन्मदिनको अवसर पारेर १२० थान कपि र १२० थान पेन्सिल बाडेका छन्।  बिद्यार्थी र शिक्षक संगै बसेर आफ्नो जन्मोत्सवको केक काटेर खाएका अधिकारीले आगामी दिनमा आफ्नो पेन्सनको केहि पैसा प्रत्येक २/२ महिनामा प्रदान गरि राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।
उक्त कार्यक्रममा बिद्यालयका  प्रधानाध्यापक हेम राज पाठकले बिपन्न र निम्न आय भएको अभिभावकका बाल बालिका मात्र पढ्ने यस बिद्यालयमा भौतिक मर्मत सुधार गर्न पर्ने धेरै छ तर प्रयाप्त आय श्रोत नभएकोले निकै कठिनाई परेको र यसरि नै सामाजिक कार्यमा लागेका व्यक्ति संघ सस्थाको सहयोगले केहि हद सम्म सहजता मिलेको बताउनु भयो ।

आज भोलि भड्किलो गरि मनाईने जन्मोत्सवलाई बहिस्कार गरि स साना बाल बालिकाको साथमा मनाउन पाउदा उनीहरुको खुसि देख्दा आफु झन् धेरै खुसि भएको र आगामी दिनमा समाज सेवामा अझै धेरै समय लाग्ने नगेन्द्र अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार