जेठ १६, राप्ती । श्रीमानको कुटपिटबाट घाइते भएकी गिता माझीले सहयोग रकम प्राप्त गरेकी छिन् । राप्ती नगरपालिकामा कार्यरत पत्रकारहरुको संगठन राप्ती पत्रकार मञ्चले उनलाई सहयोग गरेको हो । मञ्चले सहयोग रकम स्वरुप १० हजार ९ सय ५० हस्तान्तरण गरेको हो ।

मञ्चले उनको उपचार कक्षमा नै गई सहयोग रकम हस्तान्तरण गरेको हो । मञ्चका अध्यक्ष राजन दिल गुरुङ सहित सचिव सुरोज बराकोटी र कोषाध्यक्ष सुजा गौतमले उनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उनको स्वास्थ अवस्था सुधारोन्मुक रहेको ओसीएमसी फोकल पर्सन हिरा सुवेदीले बताइन्  । ” उहाँ अवस्था पहिले भन्दा सुधार भएको छ । अहिले सामान्य हिँडडुल गर्न सक्नुहुन्छ ।” उनले भनिन् । आजै दिउँसो उनको शल्यक्रिया भएको पनि उनले जानकारी दिइन् ।

गत बिहीबार श्रीमानले गितालाई कोठामा बन्दक बनाई निर्मम कुटपिट गरेका थिए । खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमती गिता माझीको पाठेघर निकालेका थिए । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि मलद्वारमा लौरो र गुप्ताङ्गमा हात हालेर उनका श्रीमानले पाठेघर निकालिदिएको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार