जेठ १६, राप्ती । राप्ती नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेबाट निर्वाचित भएका छन् ।

सोमबार भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य एमालेको निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए ।

कार्यपालिकामा एमालेको तर्फबाट रमिता परियारले र मित्र कुमारी तितुङले ४७ मत, मिना कुमारी अधिकारीले, कविता राई, गोमा देवी धरेल, भक्त बहादुर सुनार, आइतीदेवी दराई र रेल बहादुर प्रजाले समान ४६ मत ल्याए । उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट इन्द्रमाया स्याङ्तान, बुद्धि बहादुर प्रजा र कमला कुमारी सुनारले समान २१ मत, शोभा चेपाङले २० मत, बाबुलाल कामीले १७ मत ल्याए भने समाजवादीबाट सोनिया भुजेलले २१ र माओवादी केन्द्रबाट सुन्तली विश्वकर्माले  २० मत ल्याएका छन् । त्यस्तै स्वतन्त्रतर्फबाट राज कुमार सुनारले ३ मत प्राप्त गरेका छन् ।

यसका साथै सोमबार नै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख शमशेर लामाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । उनले निर्वाचित सम्पूर्णलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार