जेठ १७, राप्ती । स्वतन्त्र विद्यार्थी संगठनले राप्ती नगर प्रमुख शमशेर लामालाई ध्यानाकर्षण पत्र बुझाएको छ । राप्ती नगरपालिकाको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै नगर प्रमुख लामा समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

संगठनले शिक्षा क्षेत्रमा भएको माफियाकरण, दलालीकरण र भ्रष्टाचारको अन्त्य भएको हेर्न चाहने पत्रमा लेखिएको छ । संविधानमा लेखिए बमोजिम शिक्षा क्षेत्रमा लागू नभएको कुरा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । “आमजनताको छोराछोरीहरु अधिकारबाट बञ्चित भएका छन् ।”  पत्रमा लेखिएको छ “उल्टै सरकारी तहबाट नै शैक्षिक क्षेत्रमाथि व्यापार, राजनितीक क्रियाकलापको खेलमैदानको रुपमा प्रयोग हुँदै आइरहेको छ ।”

कक्षा १२ सम्म नि:शुल्क शिक्षा र बुद्धशान्ति क्याम्पस सञ्चालन तथा व्यवस्थापन बारे पनि संगठनले ध्यानाकर्षण गराएको छ । माग सम्बोधन नगरे कडा संघर्षमा जाने पनि पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार