जेठ १९, राप्ती । राप्ती नगरपालिका -२ मा अवस्थित बुद्धशान्ति माविका प्रधानाध्यापक नवराज अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नेकपा माओवादी केन्द्र राप्ती नगर वडा नम्बर ३ को कमिटीले प्रधानाध्यापक अधिकारीलाई शैक्षिक गतिविधि सम्बन्धि ध्यानाकर्षण गराएको हो । माओवादी केन्द्रका राप्ती नगर उपाध्यक्ष श्याम पाठक र राप्ती-३ ईन्चार्ज राम बहादुर राईले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आर्थिक अभावका कारणले पठनपाठनमा वञ्चित हुन परेको पत्रमा उल्लेख गरिएको छ । “विद्यार्थीहरुलाई नि:शुल्क पठनपाठनको व्यवस्था गर्न र जनताको मौलिक अधिकारहरु स्थानीय सरकार मार्फत घरघर आउदै गर्दा संविधानको मर्म विपरीत जबर्जस्ती भर्नाको नाममा लिएका शुल्क तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौ ।” पत्रमा लेखिएको छ ।

शिक्षा सम्बन्धि सम्पूर्ण अधिकारी विद्यार्थीले पाउनुपर्ने पत्रमा उल्लेख गरिएको छ । संविधानमा उल्लेख भएको मौलिक अधिकारहरु तीन बुँदामा व्याख्या समेत पत्रमा गरिएको छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रधानाध्यापक अधिकारीले स्थानीय सरकारले शुल्क व्यहोरे आफूहरुलाई कुनै असहज नहुने बताए । विद्यार्थीले पढ्न पाउनुपर्नेमा जोड दिदै शुल्क नलिए शिक्षकलाई तलब तथा भौतिक संरचनाको कुराहरुमा अपुग हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार