चितवन,जेठ २१-
भरतपुर माहानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुलाइ कारवाही गर्ने चेतावनी दिनुभएको छ । आज शनिबार जानकी टोल, जनजागरण टोल र शिबघाट टोलले भरतपुर ४ लंकुमा सयुक्त रुपमा आयोजना गरेको नबनिर्वाचित जनप्रतिनिधिहरुलाइ सम्मान कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले विकास निर्माणको कामलाइ हल्का रुपमा नलिन आग्रह गर्नुभयो ।उहाँले माहानगर बिकास र समृद्धिको बाटोमा अगाडि बढेकोले हेलचक्रयाइ नगर्न पनि अनुरोध गर्नुभयो । उहाँले राधाकृष्ण पच्चाङ्ग मन्दिरको सत्तलको समेत उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा भरतपुर माहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्पण पोख्रेल, राधाकृष्ण पच्चाङ मन्दिर लकुका अध्यक्ष दुर्गादत्त खरेल, नेपाली काङ्ग्रेस भरतपुर माहानगरका प्रबक्ता इश्वर प्रभाकर श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार