जेठ २१, खैरहनी । चितवनको खैरहनीस्थित पर्साबजारमा आयोजित रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरेका छन् । रोटरी क्लब पूर्वी चितवनको आयोजना भएको भएको उक्त कार्यक्रममा छ जना महिलासहित १११ जनाले रक्तदान गरेका हुन् ।

रोटरी क्लब अफ पूर्वी चितवनका अध्यक्ष राममणि न्यौपानेको अध्यक्षता तथा सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाईं गढ बाहिनी भण्डाराका प्रमुख डिआइजी किशोर प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा रोट्रायक्ट क्लब अफ पुर्बी चितवनको पनि सहकार्य गरेको थियो ।

चितवन र गैँडाकोटमा रहेका ७ वटा रोटरी क्लबले शनिबार एकैदिन सात ठाउँमा रक्तदान कार्यक्रम गरेका छन् । जसअन्तर्गत रोटरी क्लब अफ पूर्वी चितवनले पनि खैरहनीमा कार्यक्रम गरेको क्लबका सचिव पुजन लमिछानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार