जेठ २२, राप्ती । राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाले शिक्षाको विषयमा कुनै पनि कम्प्रोमाइज नहुने बताएका छन् । राप्ती-१२ को गणेश माविद्वारा आयोजित अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

“छात्रावास सञ्चालन गर्न आवश्यक मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।” उनले भनेँ ” कतिपय मापदण्डलाई हामीले अपनाउनुपर्छ । तपाईहरुले पूरा गर्नुभएको छ कि छैन, मैले बुझ्न चाहेको कुरा यो हो ।” छात्रावास सञ्चालनको लागि अलग्गै कार्यविधि र दर्ताको आवश्यक भएको उनले बताए ।

छात्रावास सञ्चालन गर्न आवश्यक कुरा पूरा गर्न राप्ती नगरपालिकाबाट अलिकति पनि कन्जुस्याइँ नहुने उनले बताए । “म अलिकति पनि कन्जुस्याइँ हुन दिन्न । शिक्षाको विषयमा नो क्रम्पोमाइज । शिक्षा शिक्षा नै हो ।” उनले भनेँ ।

यौरालीटारलाई फोकस गरिरहँदा उनले राप्ती-१२ लाई मात्र नसोच्न आग्रह गरेका छन् । उनले यो राप्ती-१०,११, १२ र १३ को लागि भएको भनी बुझेर जानुपर्ने बताएका छन् । अहिले २० जनाबाट सुरुवात गरिएता पनि भविष्यमा २ हजार भन्दा बढी विद्यार्थी हुने लामाले बताएका छन् । यसको लागि आवश्यक पर्ने लागत बजेटको लागि आफू पहिले देखि नै लागि परेको र अझ गर्दैजाने उनले बताएका छन् ।

लामाले अभिभावकलाई शिक्षाको लागि आफ्नो बालबालिकालाई विद्यालय पठाउन अनुरोध गरेका छन् । “तपाईहरुले बालबालिकालाई कोखमा चेपेर राख्ने काम नगरिदिनुस् । विद्यालय पठाइदिनुहुनको लागि अनुरोध गर्दछु ।” उनले थपे “यतिसबै व्यवस्थापन गर्न स्रोत र साधनको आवश्यकता त्यतिकै पर्छन् । यो मैले मात्र चाहेर होइन तपाईं हामी सबैको प्रयासले सम्भव हुन्छ ।” आवश्यकता परिपुर्तिको लागि आफूहरु भएको र अभिभावहरुलाई ढुक्क हुन उनले अनुरोध गरेका छन् ।

आइतबार राप्ती-१२ स्थित गणेश माविले छात्रावास सम्बन्धि अन्तक्रिर्या कार्यक्रम गरेको छ । नगर उपप्रमुख लामा लगायत राजनीतिक दल, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत अभिभावको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । २० जनाबाट सुरुवात हुने छात्रावासमा विपन्न, अभिभावक नभएका तथा टाढा घर हुनेलाई समावेश गरिने विद्यालयका प्रधानाध्यापक रामकृष्ण प्रजाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार