खैरहनी । राप्ती नगरपालिकाको निवर्तमान उपमेयर इमानसिं लामाले श्रीमानको क्रूर यातनाबाट ज्यान गुमाउन पुगेकी खैरहनिकी गिता माझिको दुई छोरिहरुको अभिभावकत्व ग्रहण गरेका छ्न ।

आमाको मृत्यु तथा बाबु हिरासतमा रहेका कारणले अलपत्र अवस्था पुग्न लागेका गिताका छोरिहरुलाई उनिहरुको घरै पुगेर लामाले  अभिभावकत्व ग्रहण गरेका हुन् । जस अनुसार दुई कक्षामा अध्यनरत कान्छि छोरी सुस्मिता माझिलाइ १२ कक्षामा सम्म पढाउने उनले प्रयिबद्दता ब्यक्त गरेका छ्न । त्यस्तै माइली छोरी निशालाइ पढ्ने उमेर ढल्किसकेकोले रोजगारमुलक जुनसुकै सीप सिक्न खोजेपनी सहयोग गर्ने लामाले प्रतिबद्धता जनाएका छ्न ।

माझी परिवारको कारुणिक अवस्थाको बारेमा  समाचार माद्यमबाट जानकारी पाए पस्चात खैरहनी ११ का वडा अध्यक्ष, खैरहनिकै  कार्यपालिका सदस्य मैयाँ बिक र राप्ती नगरपालिका ४ का वडा अध्यक्ष केदार आचार्यको साथमा उनी माझी बस्ती पुगेका थिए । जग्गा जमिन तथा नागरिकता बिहिन माझी परिवारलाइ किरिया खर्च जुटाउन समेत गाह्रो भैरहेको अवस्थामा लामाले पाँच हजार रुपैया समेत सहयोग गरेका छ्न ।

अभिभावक बिहिन अवस्थामा आफ्नो सानो सहयोगले कसैको अध्यन निरन्तरता हुन्छ भने र कसैको चुल्हो जल्छ भने आफू आफ्नो गक्षले भ्याए सम्म सहयोग गर्न तयार रहेको लामा बताउछ्न । कान्छी छोरी सुस्मिता आमाको किरियामा बसेकी छन भने उनीहरुलाई भेट्न पुगेका लामाले स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा अभिभावकत्व ग्रहण गरेका हुन् ।
सुस्मितालाई कक्षा १२ सम्म अध्ययन गर्नका लागि आवश्यक पर्ने सबै खर्च व्यहोर्ने निवर्तमान उपमेयर लामाले बताए ।

श्रीमान् रामचन्द्रले मलद्वारबाट लठ्ठी घुसाउँदा गम्भीर घाइते भएकी गीताको जेठ १६ गते निधन भएको थियो । आफ्नै श्रीमती कुट्ने ४० वर्षका रामचन्द्रलाई ज्यान मार्ने उद्योग र जवर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार