राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बिषयगत समितीको संयोजक चयन गरेका छन् । सोमवार भएको कार्यपालिका बैठकले ठोस निर्णय नगरेपनि लामाले भने बिषयगत समितीको संयोजक चयन गरेका हुन् ।

पहिलो कार्यपालिका बैठक प्रस्तावहरुमा सामान्य छलफल गरी स्थगित गरिएको थियो । बैठकमा १० वटा प्रस्ताव प्रस्तुत गरिएको थियो । आसन्न नगर सभाका लागि बजेट केन्द्रित एजेन्डा पेश गर्नुपर्नेमा अन्य एजेन्डा प्रस्तुत गरिएको भन्दै बैठकमा बस्न नसक्ने बताउँदै उनीहरु बाहिरिएपछि बैठक नै स्थगित गरिएको थियो ।

नगर प्रमुख लामाले उल्लेखित समितिको लागि निम्न व्यक्तिहरुलाई संयोजकमा चयन गरेका छन् ।

-आर्थिक विकास समिति :  सिद्धिलाल स्याङ्तान
-सामाजिक विकास समिति  : अर्जुन प्रजा
पुर्वाधार विकास समती : बुद्धि बहादुर तामाड
-वातावरण तथा विपद व्यवस्थापन समिति :सुमिता डल्लाकोटी
-संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समिति: तेज बहादुर तामाङ

त्यस्तै लामाले विषयगत समिति सदस्यहरु नि चयन गरेका छन् । जसमा स्थानीय राजस्व परामर्श समितिको सदस्यमा राजकुमार कँडेल र सुदीप वली, स्रोत तथा सिमा निर्धारण समितिको सदस्यहरुमा भक्त बहादुर सुनार, अर्जुन प्रजा, मित्र कुमारी तितुङ र बुद्धि बहादुर तामाङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार