राप्ती । राप्ती नगरपालिकाको नगर प्रमुख शमशेर लामाको निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । स्थानीय निर्वाचनमा नगर प्रमुखमा चुनाव लड्दा लामाको ६ लाख ७४ हजार रुपैयाँ खर्च भएको लामाको सचिवालयले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन । सार्वजनिक विवरण अनुसार इन्धनमा १ लाख, यातायात भाडा ५० हजार, छपाईसम्बन्धि काममा १ लाख, खाजा खानमा १ लाख ७५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यस्तै साउन्ड सिस्टममा ५० हजार, सम्पर्क कार्यालय भाडा २५ हजार, प्रचारप्रसार खर्च १ लाख ५० हजार,र विविध खर्च २४ हजार गरी कुल ६ लाख ७४ हजार रुपैयाँ खर्च भएको नगर प्रमुख लामाले बताए । खर्च विवरण सार्वजनिक गर्दै नगर प्रमुख लामाले तडक भडक खर्च नगरीकन पनि निर्वाचन जित्न सकिन्छ भन्ने उदाहरण लामामा रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार