
जेठ २६, राप्ती । चितवनको भण्डारामा लागु औषधसहित एकजना पक्राउ परेका छन् । राप्ती नगरपालिका १ नयाँबस्ति बस्ने २९ वर्षीय एकराज तामाङलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । बिहिवार साँझ ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका वडा नम्वर ५ भण्डारा चोकमा तामाङलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणपछि उनले बोकेको झोला चेकजाँच गर्दा उनको साथबाट लागु औषध नाइट्राभेट ट्याब्लेट ६०० पिस, फेनेरागन ४९ पिस, नुरफिन ४९ पिस र डाईजापाम ४९ फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।