जेठ २७, राप्ती । चितवनको राप्ती-१ मा गाँउ पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । राप्ती नगरपालिका वडा नम्बर १ महादेवटारबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

आज बिहान बाघले राप्ती १ मा एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो । त्यस्तै गएराति भैंसी र बङ्गुर मारेको थियो भने एउटा गाईलाई घाइते बनाएको थियो । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली सहितले बाघ रहेको सम्भावित क्षेत्रमा खोजी कार्य गरेको थियो । बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको हो ।

आज नियन्त्रणमा लिएको बाघले यसअघि पनि राप्ती-१ कै एकजना महिला खाएको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार